कुवेतबाट नेपाल फर्किन चाहनेलाई साउदी हुँदै यात्रा गर्न दूतावासको आग्रह

कुवेतमा रहेका नेपाली नागरिकलाई नेपाल फर्किने वैकल्पिक मार्ग अपनाउन कुवेतस्थित नेपाली दूतावासले आग्रह गरेको छ। दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै साउदी अरेबियाको विमानस्थल प्रयोग गरेर नेपाल फर्किन सकिने जानकारी दिएको हो।

मध्यपूर्व क्षेत्रमा विकसित वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले कुवेतमा बसोबास गर्ने नेपालीलाई साउदी अरेबिया हुँदै यात्रा गर्न सुझाव दिएको छ। यसका लागि साउदी भिसा अनलाइनमार्फत आवेदन दिन सकिने दूतावासले जनाएको छ।

दूतावासका अनुसार आवश्यक भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी अरेबिया प्रवेश गरी त्यहाँका अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि उडान समात्न सकिन्छ।

यसरी यात्रा गर्दा सुरक्षित र व्यवस्थित रूपमा स्वदेश फर्किन सहज हुने भएकाले इच्छुक नेपाली नागरिकलाई समयमै अनलाइनमार्फत भिसा आवेदन दिन दूतावासले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.