नवनिर्वाचित सांसदका लागि रास्वपाको दुईदिने अभिमुखीकरण आजदेखि

गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभामा उल्लेख्य शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि विशेष अभिमुखीकरण कार्यक्रम सुरू गरेको छ। दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास र जिम्मेवारीबारे प्रशिक्षण प्रदान गरिने पार्टीले जनाएको छ।

पार्टीका प्रवक्ता मनिष झाले अभिमुखीकरणमा सहभागी सांसदहरूलाई संसद्को कार्यप्रणाली, नीति निर्माण प्रक्रिया, संसदीय आचरण तथा जनप्रतिनिधिको उत्तरदायित्वबारे विस्तृत जानकारी दिइने बताउनुभयो। साथै आगामी संसद् अधिवेशनमा पार्टीले अपनाउने रणनीति र उठाउने प्रमुख राजनीतिक मुद्दाहरूबारे पनि छलफल हुने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो।

फागुन २१ मा भएको निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट कुल १८२ सिट जित्दै संसद्मा प्रभावशाली उपस्थिति कायम गरेको छ।

पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सबै सांसदलाई लक्षित गर्दै छबुँदे निर्देशन जारी गर्दै कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुन आग्रह गर्नुभएको छ। ठूलो संख्यामा नयाँ सांसद निर्वाचित भएकाले संसदीय प्रक्रिया बुझाउन र पार्टीभित्र नीतिगत एकरूपता कायम गर्न यस्तो अभिमुखीकरण आवश्यक रहेको पार्टीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.