नारायणगढ–मुग्लिन सडकमा पहिरोको खतरा बढ्दो: ८ स्थान अति जोखिममा, वर्षाअघि सुधार योजना

भरतपुर, ०४ चैत — देशकै व्यस्त सडकखण्डमध्ये एक नारायणगढ–मुग्लिन सडकखण्ड मा पहिरोको जोखिम गम्भीर देखिएको छ।

सडक डिभिजन कार्यालय भरतपुर ले गरेको अध्ययनले सडकका ४३ स्थान पहिरोको जोखिममा रहेको देखाएको छ। तीमध्ये ८ स्थान उच्च जोखिममा, २२ सामान्य जोखिममा र १३ स्थान तुलनात्मक रूपमा कम जोखिममा रहेका छन्।

कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार तुइन खोला, काली खोला र नाम्सी खोला क्षेत्र विशेष रूपमा संवेदनशील छन्। यसबाहेक तुइन–चिसेन्जी खण्ड, चार किलोका दुई स्थान, मौरी खोला र सेती दोभान पनि उच्च जोखिममा परेका छन्।

उनले भने, “तुइन–चिसेन्जी क्षेत्रमा ढुङ्गा झर्ने समस्या छ भने चार किलोका दुई स्थानमध्ये एकमा पहिरो र अर्कोमा लेदो बग्ने जोखिम छ। मौरी खोला र सेती दोभानमा लेदोसहितको पहिरोको सम्भावना उच्च छ।”

कार्यालय प्रमुख नारायण लामिछानेका अनुसार तुइन, काली र नाम्सी खोला क्षेत्रमा पहिरो नियन्त्रणका लागि प्रस्ताव सडक विभाग मा स्वीकृतिका लागि पठाइसकिएको छ। विभागले डिजाइन कार्य अन्तिम चरणमा पुर्‍याइसकेको छ।

उक्त जोखिम न्यूनीकरणका लागि विपद् व्यवस्थापन बजेटबाट २५ करोड रुपैयाँ विनियोजन गरिएको छ भने अन्य जोखिमयुक्त स्थानका लागि थप २० करोड छुट्याइएको छ। केही दिनमै ठेक्का प्रक्रिया सुरु गरी वर्षायामअघि काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने यो सडक काठमाडौं जोड्ने मुख्य मार्ग भएकाले ‘लाइफलाइन’ का रूपमा चिनिन्छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.