बुधबार सुन–चाँदीको मूल्यमा आकस्मिक उछाल, एकैदिन तोलामा १४ हजार ६०० रुपैयाँले बढ्यो सुन

केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्यले बुधबार भने एक्कासि उकालो समातेको छ। नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन तोलामा १४ हजार ६०० रुपैयाँले बढ्दै २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार भने यही सुन २ लाख ७३ हजार ९०० रुपैयाँमा किनबेच भइरहेको थियो।

त्यसैगरी, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको छ, जुन मंगलबार २ लाख ३४ हजार ८२५ रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४१५ रुपैयाँले बढ्दै ४ हजार ९२० रुपैयाँ पुगेको छ। प्रति १० ग्राम चाँदीको मूल्य भने ४ हजार २१८ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

केही दिनको गिरावटपछि आएको यो वृद्धिले बजारमा पुनः चहलपहल बढ्ने संकेत देखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.