दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र रवि लामिछाने बीच टेलिफोन संवाद भएको छ।
काठमाडौँस्थित अमेरिकी दूतावास का अनुसार उक्त वार्ताका क्रममा विशेष दूत गोरले हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले हासिल गरेको सफलताप्रति लामिछानेलाई बधाई दिएका हुन्।
चैत १० गते भएको कुराकानीमा दुवै पक्षबीच नेपाल–अमेरिका सम्बन्ध र आगामी सहकार्यका विषयमा पनि छलफल भएको बताइएको छ। विशेष दूत गोरले अमेरिका नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको स्पष्ट पार्दै आर्थिक साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसै क्रममा उनले नेपाल र अमेरिकाबीच लामो समयदेखि कायम मित्रतालाई अझ मजबुत बनाउने दिशामा अमेरिका सकारात्मक रहेको सन्देश दिएका छन्।
प्रतिकृया दिनुहोस्















































