भोलि र पर्सि मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा र हिमपात हुने सम्भावना

मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आगामी दुई दिन मौसम प्रतिकूल रहने संकेत दिएको छ। विशेषगरी भोलि र पर्सि मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा र हिमपात हुने सम्भावना रहेको बताइएको छ।

महाशाखाका अनुसार भोलि देशका अधिकांश पहाडी र हिमाली क्षेत्रहरूमा मौसम सक्रिय रहनेछ। साथै सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा पनि हावाहुरीसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

त्यसैगरी पर्सि कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा यस्तै खालको मौसम रहनेछ भने बाँकी पहाडी र हिमाली क्षेत्रहरूमा पनि आंशिक प्रभाव देखिनेछ।

पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभावका कारण यस्तो मौसम अवस्था विकसित भएको जनाइएको छ। महाशाखाले चट्याङ, हावाहुरी तथा हिमपातबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.