काठमाडौं – नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले शीतल निवासमा आज आयोजित एक समारोहमा १४ जना मन्त्रीलाई शपथ गराउनुभएको हो।
बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री समावेश भएका छन्। यसअघि आजै प्रधानमन्त्री शाहले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको थियो।
शपथ ग्रहण समारोहलाई वैदिक–सनातन परम्परासँग जोडेर विशेष रूपमा सम्पन्न गरिएको जनाइएको छ। कार्यक्रममा सात शंखबाट शंखनाद गरिएको थियो भने १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षुहरूले शुभ–मंगल पाठ गरेका थिए।
नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी यसप्रकार रहेको छः
सुधन गुरुङ – गृह मन्त्रालय
स्वर्णिम वाग्ले – अर्थ मन्त्रालय
शिशिर खनाल – परराष्ट्र मन्त्रालय
खडगराज (गनेस) पौडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
दीपक साह – श्रम तथा रोजगार मन्त्रालय
सस्मित पोखरेल – शिक्षा, प्रविधि, युवा तथा खेलकुद मन्त्रालय
प्रतिभा रावल – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
गीता चौधरी – कृषि, सहकारी तथा वन मन्त्रालय
सोविता गौतम – कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सीता वादी – महिला तथा बालबालिका मन्त्रालय
सुनिल लम्साल – भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय
निशा मेहता – स्वास्थ्य तथा खानेपानी मन्त्रालय
विक्रम तिमिल्सिना – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय















