मकवानपुरमा मंगलबार साँझ परेको हावाहुरीसहितको चट्याङले एक परिवारमा शोक थपेको छ। बागमती गाउँपालिका–१ भैँसेस्थित बागमती खोलाको बगरमा माछा मारेर घर फर्किरहेका दुई स्थानीय अचानक चट्याङको चपेटामा परेका थिए।
चट्याङ लागेपछि ३२ वर्षीय अजय पहरी गम्भीर घाइते भएका थिए भने ३७ वर्षीय उज्वल थोकर पनि घाइते भएका थिए। दुवैलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइए पनि अजय पहरीलाई बचाउन सकिएन। राति ११:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
उज्वल थोकरको भने हेटौंडामा उपचार भइरहेको छ र उनको अवस्था मध्यम रहेको जनाइएको छ। घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिकृया दिनुहोस्























































