हेटौंडामा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते

मकवानपुर, चैत १८ — मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ गुम्बाचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान करिब ११:२५ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्, मृत्यु हुनेमा हेटौंडा-९ बस्ने १८ बर्षीया एकता बैद्य रहेकी छिन् । ।

हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र.३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा प्र.३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल चालक हेटौंडा–४ कर्रा निवासी १९ वर्षीय रोनिक कार्की सामान्य घाइते भएका छन् भने सोही मोटरसाइकलको पछाडि सवार हेटौंडा–९ निवासी १८ वर्षीया एकता बैद्य गम्भीर घाइते भएकी थिइन्।

गम्भीर घाइते बैद्यलाई सोही क्रममा नवलपरासीबाट सिमेन्ट बोकी वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख ३१४५ नम्बरको ट्रकले समेत ठक्कर दिएको थियो। टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा दिउँसो १२:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै, अर्को मोटरसाइकल चालक चितवनको इच्छाकामना गाउँपालिका–५ बदेलटार निवासी २१ वर्षीय पुष्पलाल गुरुङ मध्यम घाइते भएका छन्।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल, ट्रक तथा ट्रक चालक बाँकेको कोहलपुर नगरपालिका–१४ निवासी ३३ वर्षीय बद्री गडरिया प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.