पुर्व मिस-नेपाल उषा खड्कीद्वारा पारिवारिक विवाद सामाजिक संजाल मार्फत सार्वजनिक

उषा खड्गी ले आफ्ना पूर्वपति जीपी तिमल्सिना सँगको पारिवारिक तथा सम्पत्ति विवाद सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी छन्।

उनले लगातार पाँचवटा स्टाटस लेख्दै पूर्वपतिबाट आफूले लामो समयदेखि मानसिक यातना र दुर्व्यवहार भोग्नुपरेको दाबी गरेकी छन् र न्यायको माग गरेकी छन्।

उषाका अनुसार अदालतले घरलाई चार भागमा बाँड्ने निर्णय गरिसकेको छ, जसअनुसार आफू, छोरी, छोरा र पूर्वपतिको २५–२५ प्रतिशत अधिकार हुन्छ। तर पूर्वपति तिमल्सिनाले घर आफ्नो मात्र भएको दाबी गर्दै उनलाई घर छाड्न दबाब दिइरहेको उनले बताएकी छन्।

उनले सम्बन्धविच्छेदपछि पनि पूर्वपति नयाँ श्रीमतीसहित सोही घरमा बस्दै आफूलाई गालीगलौज गर्ने, बच्चाहरूको अगाडि दुर्व्यवहार गर्ने र आफन्त आउँदा पनि समस्या सिर्जना गर्ने आरोप लगाएकी छन्।

उषाले अब शान्ति सुरक्षाका लागि प्रहरी प्रशासनमा जानुपर्ने अवस्था आएको जनाउँदै राज्यको कानुनी व्यवस्था माथि प्रश्न समेत उठाएकी छन्।

तनावका बीच उनले आफूलाई “सिंगल मम” भन्दै सन्तानको अधिकारका लागि लड्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.