जिम्बाडाडा खानेपानीको अध्यक्षमा अनिरुद्र लुइँटेल निर्वाचित

हेटौंडा/हेटौंडा–११ मा रहेको जिम्बाडाडा तथा तल्लोताल खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अनिरुद्र लुइँटेल अध्यक्षमा निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी लालकृष्ण प्याकुरेललाई ८ मतको झिनो अन्तरले पराजित गर्दै ३०५ मतसहित नेतृत्व सम्हालेका हुन्।

उपाध्यक्ष पदमा पनि प्रतिस्पर्धा रोचक रह्यो। धनबहादुर भण्डारीले २९२ मत ल्याउँदै विजय हासिल गर्दा शिवप्रसाद न्यौपाने २७९ मतमा सीमित भए।

सचिव पदमा भने सुदर्शन बर्तौला निर्विरोध चयन हुँदा सहसचिवमा कृष्णप्रसाद चौरेल २८६ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी लक्ष्मी बजगाईंले २५० मत प्राप्त गरेका थिए।

कोषाध्यक्ष पदमा प्रेमकुमारी चौलागाईंले सबैभन्दा बढी ३१६ मत ल्याउँदै स्पष्ट जित निकालिन्। भगवती दुलालले २३५ मत प्राप्त गरिन्।

यसैगरी सदस्य पदमा विद्या रेग्मी, मनिषा बिक, शर्मिला अधिकारी, बन्दना घिमिरे, नवीन तिमल्सिना र माधवप्रसाद दाहाल निर्विरोध निर्वाचित भएका छन्।

समितिको ३२औँ साधारण सभा तथा अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा कुल ७२२ मतदातामध्ये ६२९ जनाले मतदान गरेका थिए, जसले उच्च सहभागिता जनाउँछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.