मकवानपुरगढीमा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिता चैत २७ देखि

मकवानपुरमा सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरेको स्मृतिमा खुल्ला एट ए साइट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताबारे शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

आगामी चैत २७ गतेदेखि सुरु हुने प्रतियोगिता मकवानपुरगढी–२ स्थित कुर्लेदमार चौरमा सञ्चालन हुनेछ। आयोजक समितिका अध्यक्ष बाबु स्याङ्तानका अनुसार प्रतियोगितालाई व्यवस्थित, आकर्षक र प्रतिस्पर्धात्मक बनाउन तयारी तीव्र पारिएको छ।

स्थानीय स्तरमा खेलकुद विकास, युवामा खेलप्रति आकर्षण बढाउने र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। समितिका सदस्य विक्रम योन्जनका अनुसार विजेता टोलीले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसका साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। खुला प्रतियोगिता भएकाले विभिन्न स्थानबाट टोलीहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि मकवानपुरगढी गाउँपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने कुल करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.