नेपाली सेनाद्वारा हेटौंडामा भर्ना प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न

हेटौंडामा नेपाली सेना ले भर्ना प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन एकदिने अभिमुखीकरण (वर्कशप) कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा मध्यपृतना हेडक्वार्टरका पृतनापति विष्णु कुमार खड्का प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा बोल्दै भर्ना छनोट निर्देशनालयका निर्देशक सहायक रथी रोज प्रताप राणा ले भर्ना प्रक्रियालाई सरल र पहुँचयोग्य बनाउनेतर्फ सेना प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले कुनै पनि प्रकारको लेनदेन वा भनसुन अस्वीकार्य हुने स्पष्ट पार्नुभयो।

खुला पदपूर्ति शाखाका प्रमुख सेनानी निरज भण्डारी ले भर्ना छनोटका चरणहरूबारे विस्तृत जानकारी दिनुभयो भने सेनानी रवि केसी ले आवश्यक योग्यता, मापदण्ड र प्रक्रियाबारे प्रष्ट पार्नुभयो।

विद्यार्थी, प्राध्यापक, सञ्चारकर्मी र सैनिक अधिकृतहरूको सहभागिता रहेको कार्यक्रममा युवाहरूलाई सही सूचना प्रदान गरी सेनातर्फ आकर्षण बढाउने लक्ष्य राखिएको थियो। सेनाले निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै अनैतिक गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.