हेटौँडामा अव्यवस्थित पार्किङ विरुद्ध कडाइ, राजमार्गबाट सवारी हटाइयो

हेटौँडामा ट्राफिक व्यवस्थापन सुधार गर्न प्रहरीले राजमार्ग क्षेत्रमा अव्यवस्थित रूपमा पार्किङ गरिएका सवारी साधन हटाउने अभियान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा सोमबार विभिन्न स्थानबाट सवारी हटाइएको हो।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–१, २, ४, १० र ११ नम्बर वडाअन्तर्गत पर्ने राजमार्ग क्षेत्रमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल तथा साना सवारीहरू हटाइएको छ। प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले यसअघि पनि यस्तो अभियान सञ्चालन गरिए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको स्वीकारे।

हाल हेटौँडामा राजमार्गदेखि भित्री सडकसम्म सवारी साधन जथाभावी पार्किङ गर्ने प्रवृत्ति बढ्दो छ, जसले यातायात सञ्चालनमा अवरोध मात्रै होइन दुर्घटनाको जोखिमसमेत बढाएको प्रहरीले जनाएको छ।

यस अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले चैत २४ गतेदेखि राजमार्गको दायाँबायाँ सवारी पार्किङ नगर्न सर्वसाधारणलाई सचेत गराएको छ। नियम उल्लङ्घन गर्ने सवारीमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.