मकवानपुर औषधि व्यवसायी संघको नयाँ कार्यसमिति चयन, विष्णु थापा निर्विरोध अध्यक्ष

हेटौंडामा सम्पन्न नेपाल औषधि व्यवसायी संघ, मकवानपुरको १६औँ वार्षिक साधारणसभाबाट विष्णु थापा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न सभाले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा भरतबहादुर कार्की, थोक उपाध्यक्षमा निलम वैद्य र खुद्रा उपाध्यक्षमा यादव अर्याल चयन भएका छन्। त्यस्तै महासचिवमा कृष्णहरि न्यौपाने, कोषाध्यक्षमा सलामसिंह लामा, सचिवमा विनिता बानियाँ र सह–कोषाध्यक्षमा नरहरी थापा चयन भएका छन्।

सदस्यहरूमा सचिता पोखरेल, सुरेश श्रेष्ठ, तीर्थमान श्रेष्ठ, प्रज्ञान घिमिरे र भागवत तिमल्सिना रहेका छन्। अध्यक्ष थापाले औषधि व्यवसायलाई व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउने तथा व्यवसायीहरूको हक–हित संरक्षणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.