मकवानपुरमा घाँस काट्न गएकी महिला भिरबाट खसेर मृत्यु

मकवानपुर — मकवानपुरमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर ज्यान गएको छ। हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्तिटोलकी ३५ वर्षीया सन्तोषी वाईवा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार उनी चैत २८ गते बिहान माइतीघर भीमफेदी गाउँपालिका–६ सिमलटार पुगेकी थिइन्। त्यहाँबाट नजिकैको खहरे खोलातर्फ घाँस काट्न भन्दै गएकी उनी लामो समयसम्म घर नफर्किएपछि परिवार चिन्तित बनेको थियो।

खोजी गर्ने क्रममा उनी करिब ५०–६० मिटर तल भिरमा गम्भीर अवस्थामा फेला परिन्। तत्काल हेटौंडा अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा दिउँसो १२:४० बजे चिकित्सकले मृत घोषणा गरे।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.