प्रधानमन्त्री शाह र मुख्यमन्त्रीहरूबीच समन्वय र विकासमा केन्द्रित छलफल

बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले प्रदेश सरकारहरूसँग सहकार्य बलियो बनाउने उद्देश्यसहित मुख्यमन्त्रीहरूसँग महत्वपूर्ण छलफल गरेको छ। बिहीबार प्रधानमन्त्री कार्यालयमा आयोजित बैठकमा देशभरका प्रदेशहरूमा देखिएका विकास, प्रशासनिक र आर्थिक चुनौतीबारे विस्तृत समीक्षा गरिएको थियो।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ का अनुसार स्रोत–साधनको न्यायोचित वितरण, घट्दो अनुदान र प्रदेशका गौरव आयोजनामा देखिएका अवरोधहरूबारे प्रधानमन्त्रीसमक्ष स्पष्ट रूपमा कुरा राखिएको थियो। साथै, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल केन्द्रित भएको उनले बताए।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले संविधानले दिएको अधिकार कार्यान्वयनमा केही संघीय परिपत्रहरू बाधक देखिएको भन्दै त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको जानकारी दिए। विकास निर्माण र प्रशासनिक क्षेत्रमा देखिएका जटिलताहरू समाधान गर्न संघीय तहबाट पहल आवश्यक रहेको उनको भनाइ थियो।

बैठकमा कोशी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरू व्यक्तिगत कारणले उपस्थित हुन सकेनन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार यो छलफल देशको आर्थिक अवस्था सुदृढ पार्ने, पूर्वाधार विकासलाई गति दिने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने साझा लक्ष्यतर्फ केन्द्रित थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.