हेटौंडामा जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका मन्त्रालय तथा सरकारी कार्यालयका भवनहरूको मर्मत कार्य सम्पन्न भएको छ। मर्मतपछि पुनः प्रयोगयोग्य संरचनालाई प्राथमिकता दिँदै सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको जनाइएको छ।
चौकिटोल क्षेत्रका विभिन्न मन्त्रालय, प्रदेशसभा समितिको भवन, प्रमुख सचिव निवास तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयका संरचनाहरू पुनः सञ्चालनका लागि तयार पारिएका छन्।
सोमबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पुनर्निर्मित भवनहरूको उद्घाटन गर्दै छिट्टै मन्त्रालयहरू नियमित कामकाजमा फर्किने जानकारी दिए।
मर्मतपछि ऊर्जा, खानेपानी, सहकारी तथा गरिबी निवारण, श्रम र कृषि मन्त्रालयहरू पुनः पुरानै भवनबाट सञ्चालन हुने जनाइएको छ।
प्रतिकृया दिनुहोस्























































