बाढी पूर्वानुमानदेखि एसएमएस अलर्टसम्म नयाँ व्यवस्था

आगामी मनसुनलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभाग ले सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले विशेष आपतकालीन कार्ययोजना सार्वजनिक गरेको छ।

विभागकी निमित्त महानिर्देशक अर्चना श्रेष्ठ का अनुसार मनसुन अवधिभर मौसम तथा बाढी पूर्वानुमान महाशाखाले चौबिसै घण्टा सेवा प्रदान गर्नेछ। साथै दैनिक दुई पटक नियमित मौसम बुलेटिन सार्वजनिक गरिनेछ।

गम्भीर र जोखिमपूर्ण मौसमी अवस्थाबारे तीनदेखि पाँच दिन अगावै चेतावनीमूलक बुलेटिन तथा रङ्ग सूचकसहितको नक्सा जारी गर्ने तयारी गरिएको छ।

बाढी जोखिम न्यूनीकरणका लागि कोशी, गण्डकी र कर्णाली जस्ता प्रमुख नदीहरूमा तीनदेखि पाँच दिन अगावै पूर्वानुमान दिने व्यवस्था मिलाइएको छ। साना नदीहरूमा भने आकस्मिक बाढी आउनु दुईदेखि ६ घण्टा अगावै सूचना दिने प्रणाली विकास गरिएको विभागले जनाएको छ।

स्थानीय तहसम्म सूचना पुर्‍याउन नेपाल टेलिकम र एनसेलमार्फत निःशुल्क एसएमएस सेवा विस्तार गरिएको छ। साथै सर्वसाधारणका लागि टोल–फ्री नम्बर ११५५ मार्फत २४ घण्टा जानकारी लिन सकिने व्यवस्था गरिएको छ।

विभागले गृह मन्त्रालय तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत पनि नियमित अपडेट दिने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.