नौ बुँदे एजेन्डामाथि केन्द्रीय समितिमा छलफल गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज दिउँसो ३ बजे बस्दैछ। काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी यो बैठक बोलाइएको हो।
बैठकका लागि रास्वपाले ९ बुँदे कार्यसूची (एजेन्डा) तय गरेको छ। बैठकमा मुख्य गरी पार्टीका हालसम्मका गतिविधिहरूको ब्रिफिङ हुनेछ भने केन्द्रीय सदस्यहरूले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ गर्ने कार्यक्रम रहेको छ। यसका साथै केन्द्रीय समितिका रिक्त पदाधिकारीहरूको मनोनयनका विषयमा पनि बैठकमा गहन छलफल हुने पार्टीले जनाएको छ।
यसअघि सचिवालय बैठकले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरिसकेकाले आजको बैठकमा महाधिवेशनको तयारी र साङ्गठनिक सुदृढीकरणका विषयले पनि प्राथमिकता पाउने देखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.