मकवानपुरमा पृतनापति ट्रफी सुरु, उद्घाटन खेलमै गोरख बहादुर गण विजयी

मकवानपुर मा पृतनापति ट्रफी–२०८३ अन्तर्गतका खेलकुद प्रतियोगिता सुरु भएको छ। मध्य पृतना हेडक्वाटर हेटौंडाको आयोजनामा सोमबारदेखि प्रतियोगिता औपचारिक रूपमा सुरु गरिएको हो।

उद्घाटन खेलअन्तर्गत फुटबलमा श्री गोरख बहादुर गण ले श्री भैरव गण लाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ।

प्रतियोगिताको उद्घाटन मध्य पृतनाका पृतनापति विष्णु कुमार खड्का ले गरेका थिए। उनले रेफ्रीलाई बल हस्तान्तरण गर्दै खेलको शुभारम्भ गरेका हुन्। विक्रम संवत् २०६५ देखि सञ्चालन हुँदै आएको प्रधान सेनापति ट्रफीको निरन्तरतास्वरूप यस वर्ष पनि पृतनापति ट्रफी आयोजना गरिएको हो।

प्रतियोगिताअन्तर्गत मंगलबार श्री शेर गणश्री नयाँ सबुज गण बीच प्रतिस्पर्धा हुने कार्यक्रम छ। प्रतियोगितामा सहभागी टोलीहरूको मार्चपास तथा झाँकी प्रदर्शनले उद्घाटन समारोहलाई थप आकर्षक बनाएको थियो।

यस वर्षको प्रतियोगिता वैशाख १४ देखि २८ गतेसम्म सञ्चालन हुनेछ। भलिबल, फुटबल र बास्केटबलजस्ता सामूहिक खेलका साथै एथलेटिक्स, जुडो, तेक्वान्दो, बक्सिङ र स्विमिङजस्ता व्यक्तिगत खेलहरू समावेश गरिएका छन्।

प्रतियोगितालाई विकेन्द्रीकृत रूपमा सञ्चालन गरिएको छ। नुवाकोट, धादिङचितवन लगायतका जिल्लामा विभिन्न खेलहरू आयोजना हुनेछन्। यसले स्थानीय स्तरमा खेल पूर्वाधार विकास, निकायबीच सहकार्य तथा नागरिक–सैनिक सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास आयोजकको छ।

प्रतियोगितामा १ सय २५ महिला खेलाडीसहित करिब ५ सय ५० खेलाडी सहभागी छन् भने कुल ४७१ पदकका लागि प्रतिस्पर्धा हुनेछ। समापन दिन सुपरिटार व्यारेक मैदानमा फुटबलको फाइनल खेल हुने कार्यक्रम छ।

प्रतियोगितापछि उत्कृष्ट खेलाडीलाई छनोट गरी आगामी प्रधान सेनापति ट्रफीका लागि विशेष प्रशिक्षण (क्लोज क्याम्प) सञ्चालन गरिने बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.