नयाँ शैक्षिक सत्र आजदेखि, तर कार्यान्वयनमा एकरूपता छैन

सरकारको निर्णयअनुसार नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना कार्यक्रम आजदेखि देशभर औपचारिक रूपमा सुरु भएको छ। यसअघि मन्त्रिपरिषद्ले वैशाख १५ देखि भर्ना र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले सोही निर्णय कार्यान्वयन गर्न देशभरका विद्यालयलाई परिपत्र जारी गर्दै नयाँ शैक्षिक सत्रअनुसार कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको थियो। साथै, शनिबार र आइतबार सार्वजनिक बिदा दिने नयाँ व्यवस्थासमेत लागू भएपछि शैक्षिक तालिका समायोजन गरिएको हो।

यसअघि हरेक वर्ष वैशाख २ बाटै भर्ना अभियान सुरु हुने गरेकोमा यस वर्ष केही ढिलाइ गरिएको छ। निजी विद्यालयहरूले भने अघिल्ला वर्षझैं यसपटक पनि निर्धारित समयभन्दा अघि नै शैक्षिक गतिविधि सुरु गरेका थिए।

यता, सरकारको निर्णयप्रति असहमति जनाउँदै काठमाण्डौ उपत्यका मेयर्स फोरम ले वैशाख ११ गतेदेखि नै भर्ना अभियान सुरु गर्न र १५ गतेदेखि पठनपाठन सञ्चालन गर्न स्थानीय तहलाई आग्रह गरेको थियो। यसले कतिपय स्थानमा भर्ना प्रक्रिया अन्योलपूर्ण बनेको छ।

सरकारी निर्देशनविपरीत केही पालिकाले वैशाख ११ गतेदेखि नै भर्ना सुरु गरेर आजदेखि नै कक्षा सञ्चालनमा ल्याएका छन् भने अधिकांश विद्यालय भने सरकारी तालिकाअनुसार अघि बढ्ने तयारीमा छन्।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.