बाली रोप्नुअघि नै मूल्य सुनिश्चित: सरकारले ल्यायो समर्थन मूल्य निर्धारणको नयाँ कार्यतालिका

किसानलाई उत्पादन अघि नै मूल्यको सुनिश्चितता दिने उद्देश्यसहित सरकारले न्यूनतम समर्थन मूल्य निर्धारणसम्बन्धी नयाँ निर्देशिका लागू गरेको छ। कृषि तथा पशुपन्छी मन्त्रालयले ‘न्यूनतम समर्थन मूल्य तथा खरिद मूल्य निर्धारण निर्देशिका–२०८२’ जारी गर्दै प्रमुख बालीहरूको मूल्य तोक्ने स्पष्ट समयसीमा समेत सार्वजनिक गरेको हो।

निर्देशिकाअनुसार अब धान, गहुँ, मकै, कोदो र नगदे बाली उखुको समर्थन मूल्य बाली लगाउनुअघि नै तय गरिनेछ। यसले किसानलाई बजार मूल्यको अन्योलबाट बचाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

मन्त्री गीता चौधरीले जारी गरेको निर्देशिकामा प्रत्येक बालीका लागि अध्ययनदेखि अन्तिम सिफारिससम्मको चरणबद्ध तालिका तोकिएको छ। उखुको हकमा भदौ मसान्तसम्म तथ्याङ्क सङ्कलन, असोज १५ भित्र विश्लेषण र कात्तिक अन्त्यसम्म अन्तिम सिफारिस गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, गहुँका लागि साउन अन्त्यसम्म सर्वेक्षण, भदौ मध्यसम्म प्रतिवेदन, असोज ९ मा प्राविधिक सिफारिस र असोज ३० भित्र अन्तिम निर्णय गरिने तालिका तय गरिएको छ। अन्य बाली—चैते धान, बर्खे धान, मकै र कोदो—का लागि पनि मङ्सिरदेखि वैशाखसम्म क्रमशः अध्ययन र सिफारिस प्रक्रिया पूरा गरिनेछ।

निर्देशिकाले तोकेअनुसार उखुको मूल्य कात्तिक ३०, गहुँको असोज ३०, चैते धानको माघ ८, बर्खे धानको वैशाख ३०, बर्खे मकैको फागुन २१ र कोदोको वैशाख ७ गते निर्धारण गरिनेछ।

सरकारले यस कदमलाई किसानमैत्री नीतिको रूपमा प्रस्तुत गर्दै उत्पादन सुरु हुनु अघि नै मूल्य तय गर्दा कृषकको जोखिम कम हुने र कृषि क्षेत्रमा स्थिरता आउने विश्वास व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.