ललितपुर को बागमती गाउँपालिका–४ पाङदुर मा आइतबार बिहान खसेको पहिरोले कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
बिहान करिब ५ बजेतिर खसेको पहिरोका कारण काठमाडौं–हेटौंडा आवतजावत पूर्ण रूपमा ठप्प बनेको उपत्यका ट्राफिक प्रहरी कार्यालय ले जनाएको छ।
यस्तै, सूर्यविनायक–साँगा सडकखण्ड मा सडक विस्तारसँगै परेको वर्षाले चिप्लोपन बढाउँदा सवारी आवागमन प्रभावित भएको छ।
उक्त क्षेत्रमा यात्रा गर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले सतर्कता अपनाउँदै निर्देशन पालना गर्न आग्रह गरेको छ।
प्रतिकृया दिनुहोस्














































