मकवानपुरका दुई गाउँपालिकामा आज ८ घण्टा बिजुली अवरुद्ध हुने

मकवानपुरका केही क्षेत्रमा आज विद्युत सेवा अस्थायी रूपमा बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणको हेटौंडा वितरण केन्द्रका अनुसार छतिवन सब–स्टेसनअन्तर्गत पर्ने लाइनमा मर्मत तथा समायोजन कार्य गर्नुपर्ने भएकाले सेवा रोकिन लागेको हो।

विशेषगरी बागमती गाउँपालिकाका सबै वडा र बकैया गाउँपालिकाका वडा नं. ३, ४, ८, ९, ११ र १२ मा यसको प्रभाव पर्नेछ। बिहान १० बजेदेखि साँझ ६ बजेसम्म विद्युत आपूर्ति बन्द रहने जनाइएको छ।

प्राधिकरणले काम छिटो सम्पन्न भएमा तोकिएको समयभन्दा अघि नै सेवा पुनः सञ्चालनमा ल्याइने बताएको छ। यस अवधिमा उपभोक्तालाई पर्न सक्ने असुविधाप्रति वितरण केन्द्रले क्षमायाचना पनि व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.