हेटौँडा — बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गत चैत २३ गते प्रकाशित सरकारी सूचनाअनुसार प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी दिवस मनाउने क्रममा उक्त दिन बिदा दिइने भएको हो। यस अवसरमा प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्।
प्रदेश सरकारले २०८० साल वैशाख २४ गतेदेखि प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी ऐन कार्यान्वयनमा ल्याएको थियो। सोही दिनको सम्झनामा हरेक वर्ष वैशाख २४ लाई भाषा दिवसका रूपमा मनाउँदै आएको छ।
प्रतिकृया दिनुहोस्















