सुकुमबासी आन्दोलनलाई विप्लव नेतृत्वको नेकपाको समर्थन, वैकल्पिक बसोबासको माग

विप्लव नेतृत्वको नेकपा (माओवादी)ले देशभर जारी सुकुमबासी आन्दोलनप्रति आफ्नो ऐक्यबद्धता जनाएको छ। पार्टीका प्रवक्ता प्रकाण्ड सीले बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलनमा सक्रिय सहभागिताका लागि सर्वसाधारणलाई आह्वान गरेका छन्।

विज्ञप्तिमा भूमिहीन तथा सुकुमबासीहरूलाई जबर्जस्ती हटाइएको भन्दै आपत्ति जनाइएको छ। पार्टीले प्रभावित परिवारहरूलाई तत्काल वैकल्पिक आवास र भूमि उपलब्ध गराउन सरकारसँग कडा माग गरेको छ।

त्यसैगरी, बालेन शाह नेतृत्वको स्थानीय सरकारले सुकुमबासी बस्तीमा डोजर प्रयोग गरी हटाएको कार्यप्रति पनि नेकपाले विरोध जनाएको छ। वैशाख १२ गतेदेखि सरकारले देशव्यापी रूपमा सुकुमबासी बस्ती हटाउने अभियान सञ्चालन गरिरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.