मातृभाषा संरक्षण सबैको साझा जिम्मेवारी : मुख्यमन्त्री बानियाँ

इन्द्रबहादुर बानियाँले मातृभाषाको जगेर्ना र प्रवर्द्धनलाई समाजको साझा दायित्वका रूपमा लिनुपर्ने बताएका छन्। तेस्रो प्रदेश भाषा दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उनले नेपालको भाषिक तथा सांस्कृतिक विविधता देशको मौलिक पहिचान भएको उल्लेख गरेका हुन्।

उनले संविधानले सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएको स्मरण गराउँदै भाषिक अधिकारको सम्मान व्यवहारमै लागू हुनुपर्नेमा जोड दिए। साथै बागमती प्रदेश सरकारले नेपालीसँगै तामाङ र नेपाल भाषा (नेवारी) लाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याइसकेको जानकारी पनि दिएका छन्।

मुख्यमन्त्री बानियाँका अनुसार मातृभाषामा शिक्षा, प्रयोग र सम्मानको वातावरण निर्माण गर्दै बहुभाषिक नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध छ। यसबाट नागरिक र सरकारबीचको सम्बन्ध अझ नजिक, सेवामुखी र जनउत्तरदायी बन्ने विश्वास उनले व्यक्त गरे।

बागमती प्रदेश सरकारले आज विभिन्न कार्यक्रम गरी तेस्रो प्रदेश भाषा दिवस मनाइरहेको छ। दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदासमेत दिइएको छ।

प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० कार्यान्वयनमा आएपछि बागमती प्रदेशले २०८१ वैशाख २४ गतेदेखि प्रदेश भाषा दिवस मनाउन थालेको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.