मकवानपुर। मकवानपुरको रक्सिराङ गाउँपालिका स्थायी घर भएका सफ्टवेयर डेभलपर देव थिङ ले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै ‘Tango ERP’ नामक आधुनिक एकाउन्टिङ तथा ERP सफ्टवेयर विकास गरेका छन्।
विदेशमा रही कृषि (Herb farm) तथा स्टक व्यवस्थापनसँग सम्बन्धित काम गर्दै आएका थिङले दैनिक रूपमा देखिने स्टक असन्तुलन , म्यानुअल हिसाब–किताब र ढिलो रिपोर्टिङ जस्ता समस्याबाट प्रभावित भई उक्त प्रणाली विकास गरिएको उनले बताए ।
उनका अनुसार, “साना व्यवसायका लागि सजिलो, किफायती र प्रयोग गर्न सहज ERP प्रणालीको अभाव देखेपछि ‘Tango ERP’ सुरु गर्ने सोच आएको हो।”
के हो ‘Tango ERP’?
‘Tango ERP’ एक क्लाउड–आधारित प्रणाली हो, जसले स्टक व्यवस्थापन, खरिद, बिक्री, एकाउन्टिङ तथा बिलिङ जस्ता कार्यहरू एउटै प्लेटफर्ममा समेट्छ। यो मोबाइल तथा कम्प्युटर दुबैबाट प्रयोग गर्न मिल्ने भएकाले व्यवसायीहरूले जहाँसुकैबाट आफ्नो कारोबार हेर्न, निगरानी गर्न र व्यवस्थापन गर्न सक्नेछन्।
प्रमुख विशेषताहरू वास्तविक समयमा स्टक व्यवस्थापन खरिद, बिक्री र एकाउन्टिङ एउटै प्रणालीमा मोबाइल तथा कम्प्युटर दुबैमा प्रयोग गर्न सकिने क्लाउड–आधारित (जहाँबाट पनि पहुँच) सरल तथा प्रयोगकर्ता–मैत्री इन्टरफेस किन आवश्यक छ ERP? हाल पनि धेरै साना व्यवसायहरू कागजी डायरी वा Excel मा निर्भर छन्। यसका कारण त्रुटि हुने, समय खेर जाने तथा सही निर्णय लिन कठिन हुने समस्या देखिन्छ।
‘Tango ERP’ जस्ता डिजिटल प्रणालीले यस्ता समस्याहरू समाधान गर्दै व्यवसायलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ। डेभलपर थिङका अनुसार आगामी दिनमा ‘Tango ERP’ लाई नेपालभर विस्तार गर्ने लक्ष्य रहेको छ। साथै, भविष्यमा कृत्रिम बुद्धिमत्ता (AI) मा आधारित विश्लेषण तथा स्वचालन (automation) सुविधा थप्ने योजना पनि रहेको छ। स्थानीय स्तरबाट विकसित यस्तो प्रविधिले साना तथा मझौला व्यवसायलाई डिजिटल रूपान्तरणतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ। साथै, कुनै व्यवसायलाई आफ्नो कार्यप्रवाह (workflow) अनुसार मिल्ने customized ERP प्रणाली आवश्यक परेमा, सो अनुसार समाधान विकास गर्ने सुविधा पनि उपलब्ध रहेको डेभलपरले बताएका छन्।















