हेटौंडा, वैशाख २६ गते । गोले तामाङ वंश उत्थान समाज मकवानपुरको तेस्रो अधिवेशन शनिबार हेटौंडामा सम्पन्न भएको छ। अधिवेशनले रोशन गोलेको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्ण बहादुर गोले र दिनेश गोले चयन भएका छन् भने सचिवमा रमा गोले थोकर चयन भएकी छन्।
त्यसैगरी सदस्यहरूमा तारा बहादुर गोले, काजीमान गोले, काहिली माया गोले, गंगा बहादुर गोले, कान्छामान गोले, वीर बहादुर गोले, सिताराम गोले, विवेक गोले, विरेन्द्र गोले, प्रकाश गोले, औतार सिं गोले, सुधारजित गोले र मान बहादुर गोले रहेका छन्।
अधिवेशनको पहिलो सत्रमा समाजका केन्द्रीय अध्यक्ष मीन प्रसाद गोले प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शुभ रत्न गोले, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, केन्द्रीय सह–कोषाध्यक्ष आकाश गोले तथा नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष कालू घलानलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम समाजका अध्यक्ष राजकुमार गोलेको सभाध्यक्षतामा सम्पन्न भएको थियो।
























