‘ब्रान्डेड गेटअप’ सार्वजनिक, जनक लामा र सुमिना लोको स्वरमा नयाँ तामाङ सेलो बजारमा

हेटौँडा । तामाङ सेलो संगीतप्रेमीहरूका लागि नयाँ गीत ‘ब्रान्डेड गेटअप’ सार्वजनिक गरिएको छ । जनक लामा र गायिका सुमिना लो को स्वर रहेको गीत युट्युबमार्फत सार्वजनिक भएको हो ।

‘ब्रान्डेड गेटअप’ गीतमा सुसिल तामाङ को शब्द तथा चेतन लामा को संगीत रहेको छ । गीतलाई जोगलाल लामाले एरेञ्ज गरेका हुन् भने सानुबाबु घिसिङले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

गीतको अडियो अर्पण रेकर्डिङ स्टुडियोमा तयार गरिएको हो । गीत निर्माणमा ज्ञानबहादुर थिङ र सुमन स्याङ्तानले सहयोग गरेका छन् ।

नयाँ शैली र आधुनिक प्रस्तुतिसहित तयार गरिएको ‘ब्रान्डेड गेटअप’ ले तामाङ सेलो संगीतमा थप आकर्षण ल्याउने विश्वास गरिएको छ । गीत अहिले युट्युबमा सार्वजनिक भइसकेको छ भने दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण टिमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.