सिन्धुलीमा घर निर्माणका क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुली जिल्लाको दुधौली नगरपालिका–८ सालघारीमा घर निर्माणका क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुधौली नगरपालिका–७ कत्लेका ५१ वर्षीय तिलकबहादुर मगर रहेका छन्।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार आइतबार दिउँसो करिब १२ः३० बजे घर निर्माणको कामका क्रममा फलामको रड उचाल्ने क्रममा नजिकै रहेको विद्युतको नाङ्गो तारमा छोएपछि मगरलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका मगरलाई तत्काल उपचारका लागि नगर अस्पताल सिर्थौली लगिएको थियो। उपचारकै क्रममा दिउँसो २ः४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.