हेटौँडा क्याम्पसमा रक्तदान गर्दै अनेरास्ववियुले मनायो स्थापना दिवस

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को ६२औँ स्थापना दिवसको अवसरमा हेटौँडामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीको आयोजनामा शुक्रबार बिहान हेटौँडा क्याम्पस परिसरमा भएको कार्यक्रममा २७ जनाले रक्तदान गरेका हुन्।

कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाले प्राविधिक सहयोग प्रदान गरेको थियो। स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै विद्यार्थी संगठनले रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.