मकवानपुर, ५ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा पूर्व प्रहरी कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठन मकवानपुर तथा पूर्व प्रहरी कर्मचारी बागमती प्रदेश कार्यसमितिका उपाध्यक्ष चन्द्रबहादुर लामा, मकवानपुर जिल्ला कार्यसमितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठलगायत पूर्व प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रहरी संगठनसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा अनुभव आदानप्रदान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्















