मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित एक घरमा छापा मारेर दुई जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हेटौँडा–४ निवासी ३० वर्षीय विकाश देउला र २६ वर्षीय बिकल देउला रहेका छन् ।
उनीहरू बसिरहेको अवस्थामा शंका लागेपछि शरीर तथा कोठा खानतलासी गर्दा ५ ग्राम ८७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषध कसुर मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्















