मकवानपुरमा फर्जी बिलमा ल्याइएका ५६० बोइलर कुखुरासहित तीन जना नियन्त्रणमा

मकवानपुर प्रहरीले फर्जी बिल प्रयोग गरी अवैध रूपमा ओसारपसार गरिएका ५६० वटा बोइलर कुखुरा नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टमा चेकजाँचका क्रममा ना ३ च ७५६३ नम्बरको बोलेरो पिकअप गाडी रोकेको थियो । बारााबाट कैलालीको टिकापुरतर्फ जाँदै गरेको उक्त गाडीमा फर्जी बिल बनाई कुखुरा ढुवानी गरिएको फेला परेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा गाडी चालक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सुस्ता गाउँपालिका–३ निवासी २३ वर्षीय सोहित महत्तो सहित चितवन खैरहनी नगरपालिका–५ का २१ वर्षीय नसिब चौधरी र २५ वर्षीय सुनिल चौधरी लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बरामद कुखुरा र सम्बन्धित व्यक्तिलाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र हेटौँडा, मकवानपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.