हेटौंडा । नेपाल प्रहरीले मकवानपुरको हेटौंडाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
मिति २०८३ जेठ ६ गते साँझ करिब ६ बजेर १५ मिनेटको समयमा विशेष सूचनाको आधारमा प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा हेटौंडा उपमहानगरपालिका–६ खुमलटारस्थित सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१० निवासी २१ वर्षीय रोनक खड्गी तथा हेटौंडा–१८ निवासी २९ वर्षीय रोशन मालबुल रहेका छन् ।
प्रहरीले रितपूर्वक खानतलासी गर्दा उनीहरूको साथबाट ५१० मिलिग्राम खैरोहेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ ।
बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्















