शंकर पोखरेलको नेतृत्वमा ६ सदस्यीय केन्द्रीय कार्यालय कमिटी प्रस्ताव

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा ६ सदस्यीय केन्द्रीय कार्यालय कमिटी प्रस्ताव गरिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठकमा केन्द्रीय कार्यालय कमिटीसम्बन्धी प्रस्ताव गरेका छन्। एमाले विधानमै महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय कमिटी गठन गर्ने व्यवस्था छ।

केन्द्रीय कार्यालय कमिटीमा संगठत विभाग प्रमुख भानुभक्त ढकाल, राजधानी विशेष प्रदेश इन्चार्ज राजन भट्टराई, प्रचार विभाग प्रमुख सूर्य पाठक, कोष तथा वित्त विभाग प्रमुख भीष्म अधिकारी र निर्वाचन विभाग प्रमुख निरज आचार्यलाई सदस्य तोकिएको छ।

एमाले केन्द्रीय सचिवालयको बैठक शुक्रबार बस्दै छ। यस प्रस्तावबारे शुक्रबारको बैठकमा निर्णय हुने एमालेले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.