मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा डाइपर बोकेको ट्रक पल्टिँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।
आज बिहान करिब ५ बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना ६ख ७२८ नम्बरको ६ चक्के डिब्बा ट्रक सडक किनारमा थुप्रिएको ढुंगामा चक्का चढेपछि अनियन्त्रित भई सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ।
दुर्घटनामा चालकसहित तीन जना सवार रहेकोमा दुई जना सामान्य घाइते भएका छन्। उनीहरू उपचारका लागि आफैं गएको प्रहरीले जनाएको छ। ट्रक चालक भने घटनापछि फरार रहेका छन्।
प्रहरीका अनुसार पल्टिएको ट्रक हटाएर सडक सञ्चालनमा ल्याउन सडक विभागसँग समन्वय भइरहेको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ५ किलोमिटर पूर्व–उत्तर दिशामा पर्दछ।
प्रतिकृया दिनुहोस्















