हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १३औँ वार्षिकोत्सव: स्वच्छ खानेपानी वितरणमा थप विस्तारको आवश्यकता

हेटौंडामा खानेपानी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आज आफ्नो १३औँ वार्षिकोत्सव विविध कार्यक्रमका बीच मनाएको छ।

कार्यक्रमको उद्घाटन गर्दै मिना कुमारी लामाले बोर्डले शहरको खानेपानी व्यवस्थापनमा उल्लेखनीय योगदान दिएको बताइन्। उनले हाल निर्माणाधीन खानेपानी पूर्वाधारलाई शीघ्र सम्पन्न गर्दै पानी उत्पादनको दायरा अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन्।

मेयर लामाले उपभोक्ताले धाराबाटै सिधै पिउन सक्ने गुणस्तरीय र स्वच्छ खानेपानी उपलब्ध गराउनु अबको मुख्य चुनौती भएको उल्लेख गरिन्।

कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप विष्टले उत्पादन र वितरण प्रणालीलाई व्यवस्थित तथा प्रभावकारी बनाउँदै लगिएको जानकारी दिए।

त्यस अवसरमा वडा नं. २ का अध्यक्ष विष्णु गोपाल महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाई, बोर्ड सदस्य डा. कृष्ण धिताल तथा वातावरण सुधार समन्वय समितिका अध्यक्ष धुर्ब अधिकारीलगायतले शुभकामना मन्तव्य दिएका थिए।

बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले हालसम्म सम्पन्न भएका आयोजना र प्रगतिबारे जानकारी प्रस्तुत गरेका थिए।

वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कार्यसम्पादन, अनुशासन र सेवाप्रतिको समर्पणका आधारमा कर्मचारीहरूलाई प्रशंसापत्र तथा नगदसहित सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा नमुना पण्डित, अजय थिङ, दिपेन्द्र महत, पुष्पा पौडेल पाण्डे, समि श्रेष्ठ, गोविन्द बहादुर थपलिया, डिल बहादुर योन्जन र तिलक बहादुर श्रेष्ठ रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.