नेपाली कम्युनिस्ट पार्टी (नेकपा)द्वारा बागमती सरकारलाई ४९ बुँदे सुझाव

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटका लागि ४९ बुँदे सुझाव पेश गरेको छ। दलका नेता तथा पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलसहितको टोलीले शुक्रबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सुझाव पत्र बुझाएको हो।

सुझावमा सङ्घीयता सुदृढीकरण, सुशासन, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको छ। नेकपाले मन्त्रालय संख्या घटाएर ७ मा सीमित गर्न, ‘एक विद्यालय: एक नर्स’, विपन्नलाई निःशुल्क पानी तथा ट्रमा सेन्टर स्थापना जस्ता कार्यक्रम अघि बढाउन आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.