हेटौँडा–काठमाडौं कान्तिलोकपथमा दुर्घटना, स्कुटर चालकको ज्यान गयो

मकवानपुरगढी–२ सिखरकटेरीमा बस र स्कुटर ठोक्किँदा ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको छ। काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको बसले घुम्तीमा विपरीत दिशाबाट आएको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते योञ्जनलाई हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइए पनि उपचारका क्रममा ज्यान गएको हो।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.