अल इन्डिया गोल्ड कप : नेपाल ‘ए’ टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले उत्तराखण्डको देहरादुनमा हुने ४२औं अल इन्डिया गोल्ड कपका लागि अनिलकुमार शाहको कप्तानीमा १५ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको छ।

एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा नेपाल ‘ए’ ले पहिलो खेल केरलासँग खेल्नेछ। यस्तै दोस्रो खेल गोवासँग र तेस्रो खेल ओडिसासँग हुने तालिका रहेको छ।

टोलीमा अनिल शाह (कप्तान), मयन यादव, तृतराज दास, देव खनाल, राशिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सरार्फ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजबंशी र अर्जुन कुमाल रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.