बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु, नीति तथा बजेटमा केन्द्रित हुने

बागमती प्रदेशसभा को वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेल ले जानकारी दिएका छन् ।

बागमती प्रदेश सरकार को सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभाको यो अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.