आज मकवानपुरसहित तराई र पहाडी जिल्लामा हावाहुरीको जोखिम, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज जेठ १२ गते देशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाद्वारा जारी चेतावनी अनुसार दिउँसोपछि कोशी प्रदेश का झापा र मोरङ, मधेश प्रदेश का बारा, पर्सा, सर्लाही र धनुषा, बागमती प्रदेश का मकवानपुर र चितवन, गण्डकी प्रदेश का नवलपुर र तनहुँ तथा लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीसहित आसपासका क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको जनाएको छ ।

मौसमविद्हरूले हावाहुरीका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने, कमजोर संरचना, खेतीपाती तथा विद्युत् सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.