हेटौँडामा लागूऔषधसहित युवक पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडाबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ करिब ५ बजे शंकास्पद अवस्थामा बसिरहेका महोत्तरी बर्दिबास नगरपालिका घर भई हाल हेटौँडा–४ मा डेरा गरी बस्दै आएका २६ वर्षीय कुमार लामालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले लामाको शरीर तथा डेराकोठा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ३२० मिलिग्राम खैरोहेरोइन जस्तो देखिने पदार्थ र ३०० मिलिग्राम गाँजाको धुलो (पोलार) जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ ।

बरामद लागूऔषधसहित पक्राउ परेका लामाविरुद्ध लागूऔषध कसुर मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.