कमाने–छतिवन ३३ केभी लाइन बिहान ९ः३० देखि साँझ ५ बजेसम्म बन्द

हेटौँडा वितरण केन्द्रले बिहीबार हेटौँडाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। कमाने सब–स्टेशनबाट छतिवन सब–स्टेशनसम्मको ३३ केभी लाइनअन्तर्गत बकैया गाउँपालिका–७ गुम्बा पछाडि देखि खुरखुरेला क्षेत्रसम्म लाइन मर्मत तथा डियो फ्युज परिवर्तन कार्य गरिन लागिएको हो।

केन्द्रका अनुसार मर्मत कार्यका कारण कमाने स्टेशनबाट वितरित ३३ केभी लाइन बिहीबार बिहान करिब ९ः३० बजेदेखि साँझ ५ बजेसम्म बन्द रहनेछ।

निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न भए विद्युत सेवा तत्काल सञ्चालन गरिने वितरण केन्द्रले जनाएको छ। विद्युत अवरुद्धबाट पर्ने असुविधाप्रति केन्द्रले सेवाग्राहीसँग क्षमायाचना समेत गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.