आजदेखि लगातार चार दिन सार्वजनिक बिदा

बकर इद (इद-उल-अज्हा) र गणतन्त्र दिवसका अवसरमा आजदेखि देशभर लगातार चार दिन सार्वजनिक बिदा परेको छ।

सरकारले बकर इदको अवसरमा बिहीबार जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगको सिफारिसअनुसार बकर इदका दिन देशभर सार्वजनिक बिदा दिइएको जनाएको छ। मन्त्रालयले सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा शुभकामना समेत व्यक्त गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा बकर इद बिहीबार परेको जानकारी प्राप्त भएकाले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ।

यस्तै शुक्रबार जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा नियमित सार्वजनिक बिदा परेको छ भने जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा परेको छ।

लगातार चार दिन बिदा परेसँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतका सार्वजनिक सेवा अब आगामी सोमबारदेखि मात्रै सञ्चालनमा आउनेछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.