काभा महिला भलिबलको सेमिफाइनल आज, नेपालले इरानसँग खेल्दै

काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलका खेल आज हुँदैछन्। घरेलु टोली नेपालले साविक विजेता इरानसँग प्रतिस्पर्धा गर्नेछ भने अर्को सेमिफाइनलमा भारत र काजखस्तान आमनेसामने हुनेछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने पहिलो सेमिफाइनलमा भारतले दिउँसो साढे २ बजे काजखस्तानसँग खेल्नेछ। समूह ‘ए’ को विजेता बनेको भारत अपराजित रहँदै सेमिफाइनल पुगेको हो भने समूह ‘बी’ को उपविजेता काजखस्तान दुई जितसहित अन्तिम चारमा पुगेको थियो।

दोस्रो सेमिफाइनलमा नेपालले साँझ ५ बजे इरानको सामना गर्नेछ। समूह ‘बी’ को विजेता इरानले तीनवटै खेल सोझो सेटमा जित्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। नेपाल भने समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको हो। नेपालले समूह चरणमा दुई खेल जित्दा भारतसँग पराजित भएको थियो।

गत वर्ष काठमाडौंमै भएको प्रतियोगितामा नेपाल र इरानबीच दुई खेल हुँदा दुवै टोलीले एक–एक जित हात पारेका थिए।

आठ टोली सहभागी प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ। प्रतियोगिताको विजेता टोली एसियन कपका लागि छनोट हुने नेपाल भलिबल संघले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.