काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गत पहिलो सेमीफाइनलमा काजकिस्तानले भारतलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बिहीबार भएको खेलमा काजकिस्तानले भारतमाथि पूर्ण नियन्त्रण राख्दै २५–२१, २५–१७ र २५–१४ ले जित निकालेको हो।
समूह ‘ए’ को विजेताका रूपमा सेमीफाइनल पुगेको भारतले अपेक्षित प्रदर्शन गर्न नसक्दा समूह ‘बी’ को उपविजेता काजकिस्तानसँग पराजित हुन पुग्यो। खेलभर काजकिस्तानले आक्रामक र सन्तुलित प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।
अब आजै हुने दोस्रो सेमीफाइनलमा समूह ‘ए’ को उपविजेता नेपालले समूह ‘बी’ को विजेता इरानसँग साँझ ५ बजे प्रतिस्पर्धा गर्नेछ। सो खेलको विजेता टोलीले काजकिस्तानसँग उपाधिका लागि फाइनल खेल्नेछ।
त्यस्तै, तेस्रो स्थानका लागि भारतले नेपाल–इरानबीचको पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ।















